अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौं वार्षिक साधारणसभा मंगलवार काभ्रेपलाञ्चोकमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा बसेको सभाले आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ । साथै उपयुक्त वित्तीय संस्थासँग मर्जर वा प्राप्ति (एक्विजिसन) प्रक्रिया अघि बढाउन तथा आवश्यकताअनुसार संस्थाको प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत पारित भएको छ ।

साधारणसभामा सहभागी शेयरधनीहरूले संस्थाको वित्तीय अवस्था सन्तोषजनक रहेको उल्लेख गर्दै आगामी दिनमा संस्थागत सुदृढीकरणमा थप ध्यान दिन सुझाव दिएका थिए ।

सभामा प्रस्तुत सबै प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले जानकारी दिए ।