काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्थाको ५औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । काभ्रेपलाञ्चोक पनौती–४ ढाडोवाटोस्थित संस्थाको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बनेपाको प्राविधिक सहयोग रहेको थियो ।

संस्थाका कर्मचारी, अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारी तथा स्थानिय व्यक्तिहरु गरी १९ जनाले रक्तदान गरेको संस्थाले जनाएको छ । कार्यक्रम वित्तीय संस्थाका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले वित्तीय संस्था स्थापनाको पाचौं वर्ष पुरा गरी छैटौं वर्षमा प्रबेश गरेको अबसरमा सहयोग पुर्याउने सम्पुर्ण सरोकारवालाहरुलाई धन्यवाद व्यक्त गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

त्यसैगरी स्वागत मन्तव्यको क्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले लघुवित्त क्षेत्रका असल अभ्यासहरूलाई कार्यान्वयन गर्दै आउँदा दिनहरुमा अभियान लघुवित्तलाई उत्कृष्ट लघुवित्त संस्थाको रुपमा परिचित गराउने बताएका थिए । कार्यक्रमको संयोजन वित्तीय संस्थाका मुख्य प्रबन्धक कृष्णबहादुर खड्काले गरेका थिए ।No photo description available.https://www.souryaonline.com/2024/11/625198.html?fbclid=IwY2xjawN6tgpleHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZBAyMjIwMzkxNzg4MjAwODkyAAEeANe_FaGjzG-ieSvR9sDhCF5WbSNFGXebLdIsQMIvm2W2Ha91YPPtb8fy0d8_aem_6pRYyLoBQlju6mo84G0Pyg